शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्से सुचक तथा कारोवार रकम दुबैमा गिरावट

मंगलबार, असार १ २०७८

काठमाडौं । नेप्से सुचक तथा कारोवार रकम दुुबैमा गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से साताको तेस्रो कारोवार दिन आज मंगलबार भने नेप्से तीन दसमलव ७२ अंंकले घटेर तीन हजरा २२ दसमलव १० अंकमा झरेकोमा न्सिटिभ इन्डेक्स भने शुन्य दसमलव २५ अंकले बढेर पाँच सय ५० दसमलव २६ अंकमा चढेको छ । दुुई सय २६ वटा कम्पनीहरुको एक लाख ६४ हजार सात सय ९० पटकको कारोवारमा तीन करोड नौ लाख ४८ हजार आठ सय ५३ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार सात सय ३९ रुपैयाँ पुुगेको छ ।  

आज १३ वटा समुहको कारोवार हुंदा आठ वटा समुहको गुमाएकाछन भने पाँच वटा समुहले कमाएकाछन । सो मध्ये बाँणिज्य बैक समुहको सुचक छ दसमलव आठ अंकले घटेर १९ सय ९० दसमलव ८० अंकमा झरेको छ भने बिकास बैंंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स र लघुुबित्त समुहको सुचक पनि घटेकाछन । होटल तथा पर्यटन समुहको सुचक भने आज ५८ दसमलव २५ अंकले बढेर पाँच हजार नौ सय ३६ दसमलव ४६ अंकमा चढेकोमा उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिईडिबी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आईसीएफसी फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।