शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

क्रिस्टियन एरिक्सन अचेत हुनुको कारण हृदयघात

सोमबार, जेष्ठ ३१ २०७८

काठमाडौंं  । युरोकप फुटबल अन्तर्गत फिनल्याण्डविरुद्धको खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन अचेत भएर मैदानमा ढल्नुको कारण हृदयघात भएको पुष्टि भएको छ ।

डेनमार्क टिमका डाक्टर मोर्टेन बोएसेनले ह्रदयघातको कारण एरिक्सन अचेत भएको पुष्टि गरे ।

‘उनी गईसकेका थिए । हामीले कार्डियक रिससिटेसन (सीपीआर) गरेका थियौं । यो हृदयघात थियो,’ डाक्टर मोर्टेनले भने, ‘उनलाई गुमाउन हामी कति नजिक थियौं । मलाई थाहा छैन । तर, हामीले उनलाई एक डिफिब्रिलेसनपछि फिर्ता ल्यायौं ।’

शनिबार राति फिनल्याण्डविरुद्ध ४३ औं मिनेटमा एरिक्सन बेहोस भएर मैदानमा ढल्न पुगेका थिए ।

उनलाई मैदानमै सीपीआर दिईएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो । उक्त खेलमा डेनमार्क १-० ले पराजित भएको थियो ।

डाक्टर मोर्टेनले उनको स्वास्थ्य अहिले ठिक रहेको समेत बताए ।

‘अहिलेसम्म गरिएको परिक्षणमा उनी राम्रो देखिन्छ । यो किन भयो भनेर हामीसँग स्पष्टीकरण छैन,’ उनले भने ।

2.JPG

1.JPG