काठमाडौं । बिहीवार बजार खुलेको एक घण्टाको अवधिमा ५ओटा कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि भएको छ ।
सबैभन्दा बढी पाँचथर पावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३८५ पुगेको छ ।
त्यसैगरी, बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ८७ प्रतिशत, सीईडीबी हाइड्रोपावरको ९ दशमलव ८५ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरको ९ दशमलव ८१ प्रतिशत र ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्य ९ दशमलव २२ प्रतिशतले वृद्धि भएको हो ।
यी ५ ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो । बरुण हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता रू. ५९०, सीईडीबी हाइड्रोेपावरको रू.५०२, अरुण भ्याली हाइड्रोपावरको रू. ५२६ र ङादी ग्रुप पावरको शेयरमूल्य रू. ४६२ कायम भएको छ ।