शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कोरोनाको दोस्रो लहर पहिलो भन्दा १००% बढी आक्रामक र घातक

बिहिबार, जेष्ठ २७ २०७८

काठमाडौं, २७ जेठ । कोभिड १९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक हेर्दा कोभिडको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित हुने १ सय १२ प्रतिशतले बढेका छन् । त्यस्तै, पहिलो लहरको तुलनामा दोस्रो लहरमा मृत्यु हुने संख्या १ सय ६३ प्रतिशत बढी छ ।

नेपालमा कोभिडको पहिलो लहर झण्डै १५ महिना (२०७६ माघ १० देखि) चलेको थियो । दोस्रो लहर २०७७ चैत अन्तिम सातादेखि सुरु भएको मानिएको छ । नागरिक दैनिकमा खबर छ l