शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

महिला सहयात्राको लघुबित्तको बिशेष सभा सम्पन्न

मंगलबार, जेष्ठ २५ २०७८

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको विशेष साधारण सभा सम्पन्नन भएको छ । संस्थाले आज मंगलबार भर्चुुअल जुुम नेटवर्किङ्ग मार्फत बिशेष साधारण सभा सम्पन्न गरेको हो । 
सभामा संस्थाका अध्यक्ष अमृतचरण श्रेष्ठले प्रतिबेदन प्रस्तुत गरेका थिए । राष्ट्रिय स्तरको कार्यक्षेत्र र १४ करोेड ६४ लाख १० हजार चुक्ता पूँजी रहेको यस वित्तीय संस्थाको विशेष साधारण सभाले निलकण्ठ गाउँपालिका वडा नंं.३ धादिङबेसी स्थित नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.मा समाहित हुने प्रस्ताव पारित गरेको छ । सभाले दुई सस्था विच प्राप्ती, समाहित प्रयोजनका लागि मुल्यांकन कर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति दायित्वको मुल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि. को १०० कित्ता शेयर बापत नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.को ६८ कित्ता शेयर कायम गरि समाहित गर्न अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
मिति २०७८।२।९ गते गाभ्ने ÷गाभिने सम्वन्धी अन्तिम संझौता भई सो अन्तिम संझौता अनुसार महिला सहयात्रा लघुवित्त संस्थाको यस विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।  

प्राप्ती (एक्विजीसन) पछि नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लि. पूँजी, व्यवसाय, शाखा संजाल समेतका हिसावले ठूलो तथा मजबुत लघुवित्त वित्तीय संस्था बन्नेछ । संस्थाको चुक्ता पूँजी करिब ४१ करोड, कुल निक्षेप २ अर्ब ५० करोड भन्दा बढी र कुलकर्जा लगानी १० अर्वभन्दा बढि पुग्नेछ । त्यस्तै १०० वटा शाखा कार्यालयहरु र ५५० भन्दा बढी कर्मचारीहरु मार्फत करिब १ लाख४० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्ने एक सवल राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हुने छ ।