शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्राईम बैंकका अध्यक्ष श्रेष्ठद्धारा पदभार ग्रहण

सोमबार, जेष्ठ २४ २०७८

काठमाडौं । प्राईम कर्मसियल बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकाछन । बैकका अनुसार संचालक समितिको यही जेठ १४ गते बसेको चार सय २२ औें बैठकले संचालक समितिको सदस्यको पदावधि कायम रहेसम्म राजेन्द्र दास श्रेष्ठलाई नै संचालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय भए बमोजिम जेठ २३ गते आईतबारका दिन नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा श्रीमान् गभर्नर महाप्रसाद अधिकारीबाट बैंकका अध्यक्ष श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुुन ।
उक्त समारोहमा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बम बहादुर मिश्र, निर्देशकहरु एवं बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको  उपस्थिती रहेको थियो ।