शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पुन २४ अर्ब नौ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दे राष्ट्र बैंक

आइतबार, जेष्ठ २३ २०७८

काठमाडौं । भोलि सोमबार नेपाल राष्ट्र बैंकले पुन २४ अर्ब नौ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 
राष्ट्र बैंकका अनुसार जारी मिती जेठ २५ गते तोकिएको ट्रेजरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री हुने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको १२ अर्ब २६ करोड, एक सय ८२ दिने अवधिको एक अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ भदौ २२ गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि बिसं २०७८ मंसिर तीन २१ र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि बिसं २०७९ साल जेठ २४ गते तोकिएको राष्ट्र बैंकले जनाएको छ । यसअघि यही जेठ १७ गते पनि राष्ट्र बैंकले २६ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।  

Letter (1).JPG