शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

रुबेन डियासलाई ‘प्लेयर अफ दि सिजन’अवार्ड

आइतबार, जेष्ठ २३ २०७८

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर रुबेन डियासले ‘प्रिमियर लिग प्लेयर अफ दि सिजन’ अवार्ड जितेका छन् ।

यस सिजनको उत्कृष्ट खेलाडी बन्दै डियासले ‘प्रिमियर लिग प्लेयर अफ दि सिजन’ अवार्ड पाएका हुन् ।

प्रिमियर लिगले शनिबार पोर्चुगिज डियासलाई ‘प्लेयर अफ दि सिजन’ घोषित गरेको हो ।

डियास यस अवार्ड जित्ने पाँचौं डिफेन्डर हुन् ।

२४ वर्षीय डियासले यस अघि फुटबल राइरटर्स एसोसिएसनले प्रदान गर्ने ‘फुटबलर अफ दि इयर’ अवार्ड पाएका थिए ।

यस सिजन सिटीले प्रिमियर लिगको उपाधि जितेको छ । र, सिटीको उपाधि यात्रामा डियासले उत्कृष्ट प्रदर्शन गरेका थिए ।