शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

स्ट्याण्डर्ड चार्टडले ऋणपत्र जारी गर्न चासो देखाएन, राष्ट्र बैंक फेरी पनि चुप

आइतबार, जेष्ठ २३ २०७८

काठमाडौं । नेपाल राष्ट्र बैंकका सबैजसो निर्देशन खासै वास्ता नगर्ने स्ट्याण्डर्ड चार्टड बैंकले अहिले ऋणपत्र जारी गर्न पनि चासो देखाएको छैन ।

नेपाल राष्ट्र बैंकका अनुसार स्ट्याण्डर्ड चार्टड बैंकले अहिलेसम्म ऋणपत्र जारी गर्ने कुनै प्रक्रिया नै अघि बढाएको छैन । हुनत यो बैंकले अहिलेसम्म राष्ट्र बैंकका कैयन नीति तथा निर्देशन पालना गरेको छैन ।

 जस्तै सबै स्थानिय तहमा बैंकका साखा पुराउने नीतिमा असहयोग गर्ने यो बैंकले कृषि कर्जा प्रदान गर्न समेत उदासिन रहेको देखिन्छ । यसका साथै अहिले लामो समयसम्म ऋणका लागि स्रोत जोहो गर्न ऋणपत्र जारी गर्न समेत कुनै चासो देखाएको छैन । तर यसमा राष्ट्र बैंक फरी पनि मौन देखिएको छ।

दुई वर्ष अघि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई अनिबार्य रुपमा ऋणपत्र जारी गर्न निर्देशन दिएको थियो । लामो समयको लागि  कर्जाको लागि स्रोत जुटाउन बैकहरुलाई समेत सहज हुने भएकाले राष्ट्र बैंकले यस्तो निर्देशन दिएको  हो

२०७६ सालमा राष्ट्र बैंकले दुई वर्ष भित्र अर्थात २०७८ असारसम्ममा  सबै बाणिज्य बैंकहरुले चुक्ता पुँजीको २५ प्रतिशत बराबरको ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था  गरेको थियो । गत वर्ष देखि सुरु भएको महामारीका कारण राष्ट्र बैंकले यसमा केहि परिवर्तन गरेर २०७९ सम्म ऋणपत्र  जारीगरिसक्नु पर्ने व्यवस्था गरेको छ ।

साधारण बचत त जतिबेला पनि फिर्ता जान सक्ने भएकाले यसलाई दिगो स्रोतका रुपमा लिइदैन । त्यसैले लामो समयको लागि स्रंोत जोहो गर्न राष्ट्र बैंकले ऋणपत्र  जारी गर्नुपर्ने व्यवस्था गरेको हो ।

सेयर बजारमा ऋणपत्रको पनि कारोबार हुनुपर्छ । तर, नेपालको सेयरजारमा यसको हिस्सा अत्यन्त न्युन छ । दोस्रो बजारमा ऋणपत्रको हिस्सा बढाउने राष्ट्र बैंकले योजना बनाएपनि त्यो खास प्रभावकारी भएको छैन ।

चुक्ता पुँजीको २५ प्रतिशत बराबरको रकम जारी गर्ने म्याद अब १ वर्ष बाँकि छ । स्ट्याण्डर्ड ८ अर्ब बराबरको चुक्ता पुँजी छ । यसरी हेर्दा यो बैकले न्युनतम पनि ३ अर्ब बराबरको ऋणपत्र जारी गर्नुपर्ने देखिन्छ । एक वर्षमै यस्तो ऋणपत्र जारी गर्न र बिक्री गर्न कठिन हुन्छ । त्यसैले  प्रत्येक वर्षमा बैंकले ऋणपत्र बिक्री गर्दै जानु पथ्र्याे । तर यसमा बैंकले खासै चासो देखाएको छैन ।