शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

२ अर्बको सेयर निष्काशन हुन मात्र ३ दिन बाँकी !

शनिबार, जेष्ठ २२ २०७८

काठमाडौँ l राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड बराबरको (प्रति कित्ता १ हजार अंकित दरका) २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

जस मध्ये ४० प्रतिशतले हुन् आउने १० लाख कित्ता सर्बसाधारणलाई र ६० प्रतिशतले हुन आउने १५ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ ।

ऋणपत्र निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

यस ऋणपत्रमा छिटोमा जेठ २८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा असार ८ गतेसम्म आवेदन दिन सकिने छ ।

आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम २ लाख ५० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने छ । ६ वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।