सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ

बिहिबार, जेष्ठ २० २०७८

भक्तपुर । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–८ गणेश मन्दिर बस्ने ४९ वर्षीय चुलाई मुखियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
मुखियाले ती बालिकालाई २०७७ पुस ११ गते भक्तपुर नगरपालिका–१ सल्लाघारीमा यौन दुर्व्यवहार गरेको भन्ने खबर बुधबार प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।