सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ तीनकुनेस्थित पूर्व–पश्चिम लोकमार्गबाट जेठ १९ गते सशस्त्र प्रहरीले करीव ४ लाख ३० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका मेडिकलको सामानसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा जिल्लाको सुरुङ्गा नगरपालिका ४ बस्ने ४४ वर्षिय अम्बर कार्की छन् । काठमाडौंबाट दमकतर्फ जाँदै गरेको बा १६ च ५४६१ नम्बरको बलेरो गाडीमा अवैध रुपले लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको उक्त मेडिकलको सामानको बिल फेला नपरेपछि उनलाई सो गाडीसहितै पक्राउ गरिएको हो । पक्राउ परेका कार्की उक्त गाडीका चालक रहेका छन् ।
उनलाई बरामद मेडिकलको सामान तथा गाडीसहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरीमा बुझाईएको छ ।