सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

बाघको छाला सहित पक्राउ 

बुधबार, जेष्ठ १९ २०७८

अछाम । कमलबजार नगरपालिका–८ ढाकु बस्ने ५० वर्षीय विष्णु बहादुर बिष्टलाई १ थान बाघको छाला सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
उनको घरमा बाघको छाला लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले उक्त बाघको छाला सहित फेला पारी उनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।