शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रतिब्यक्ति आय एक वर्षमा ५ प्रतिशतले बृद्धि, एक नेपालीको बार्षिक आम्दानी ११ सय ९६ अमेरिकि डलर

शनिबार, जेष्ठ १५ २०७८

काठमाडौं । सरकारले शुक्रबार प्रस्तुत गरेको आथिएक सर्वेक्षण सम्वन्धि रिपोर्ट अनुसार एक नेपालीको आय बार्षिक ११ सय ९६ डलर पुगेको छ । जुुन गत वर्षको तुलनामा ५ प्रतिशतले बृद्धि भएको छ ।

महामारीका बिचमा पनि सरकारले भने ब्यक्तिको आम्दानी बढेको बताएको छ । त्यस्तै खर्च योग्य प्रतिब्यक्ति आम्दानी भनेल  १४ सय ८६ अमेरिकि डलर बराबर पुगेको छ । 

साथै सरकारले यो वर्ष ४ दशमलव शुन्य  एक प्रतिशतको पनि आर्थिक बृद्धि हुन कठिन रहेको अर्थमन्त्रालयले जनाएको छ । गत फागुनमा तथ्यांक विभागले यो वर्ष ४ दशमलव शुन्य एक प्रतिशतको आर्थिक बृद्धि हुने जनाएको  थियो  । तर चैतबाट सुरु भएको दोस्रो लहर तथा यसले आर्थिक क्रियाकलाप  ठप्प पारेकाले औसत खालको आर्थिक बृद्धि समेत हुन कठिन रहेको देखिएको हो ।

तर, अर्थतन्त्र संकुचनमा भने नजाने अर्थमन्त्रालयको दाबी छ ।  तर सरकारले भने यो वर्ष ७ प्रतिशतको आर्थिक बृद्धि हुने लक्ष्य लिएको थियो । अर्थमन्त्री बिष्णु पौडेलले  यो वर्षको आर्थिक  सर्वेक्षण सार्वजनिक गर्दै वैशाख १६ गतेबाट निषेधाज्ञा लगाएपछि  यसअघि तथ्यांक विभागले आकलन गरे बमोजिमको आर्थिक बृद्धि नहुने जानकारी दिएका हुन् ।

गत वर्ष सुदुर पश्चीम र कर्णाली बाहेक सबै प्रदेशको आर्थिक बृद्धि संकुचनमा  गएकामा  यो वर्ष भने सबै प्रदेशले  ३ दशमलव ५ प्रतिशतभन्दा माथिको आर्थिक बृद्धि गर्ने अर्थमन्त्रालयले बताएको छ । यसमध्ये पनि बागमती प्रदेशको सबैभन्दा बढि ४ दशमलव छ  पाँच र  प्रदेश दुईको ३ दशमलव पााँच दुई रहने अनुमान गरिएको छ। 

धानको उत्पादनमा १ दशमलव तीन प्रतिशतले बृद्धि भएको छ । गत वर्ष कुल लगानी ३० दशमलव चार प्रतिशतले संकुचनमा आएकोमा यो वर्षको  सोहि अवधिमा यस्तो लगानी १८ दशलमव एक  प्रतिशतले बृद्धि भएको जनाएको छ ।

मुद्रास्फिीति ३ दशमलव पाँच प्रतिशत रहेको र जुन सिमाभित्रै रहेको सरकारको भनाई छ । गत वर्ष मुद्रास्फिती ६ दशमलव दुई प्रतिशत रहेको थियो ।

 संघ प्रदेश र स्थानिय तहको कुल खर्च ११ खर्ब ९१ अर्ब रहेको छ । जसमध्ये ५६ प्रतिशत चालु र ३४ प्रतिशत पुँजीगत खर्च हो ।

बजेट घाटामा सुधार आएको सरकारको दाबी छ । संघिय सरकारको  बजेट घाटा कुल गार्हस्थ उत्पादनको ८ दशमलव एक प्रतिशत रहेको छ । गत वर्षको सोहि अवधिको तुलनामा ६५ दशमलव पाँच प्रतिशतले सुधार आएर २९ अर्ब १६ करोड पुगेको छ। 

फागुनसम्म तिर्न सार्वजनिक बाँकि ऋण  १५ खर्ब ८९ अर्ब ४६ करोड पुगेको छ । कुल गार्हस्थ उत्पादनको जुन ३७  दशमलव  तीन प्रतिशत हो । चालु आर्थिक वर्षको फागुन १ खर्ब १२  अर्ब ५२ करोड बराबरको आन्तरिक ऋण परिचालन भएको छ ।

फागुनसम्म ७ अर्ब ४८ करोड अनुदान र ८५ अर्ब २ करोड ऋण गरि जम्मा ९२ अर्ब ५० करोड अन्तर्राष्ट्रिय बिकास सहायता परिचालन भएको छ ।