सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

निषेधाज्ञाको समयमा हुलहुज्जत गर्ने तथा टिपरहरुमा क्षति पुर्याउने पक्राउ 

शुक्रबार, जेष्ठ १४ २०७८

चितवन । निषेधाज्ञाको समयमा हुलहुज्जत गर्ने, दमकल समेतमा अवरोध पुर्याहउने तथा निर्माण सामग्री ढुवानी गर्दै गरेका १५ वटा टिपरमा क्षति पुर्यारएको अभियोगमा २ जनालाई भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वरबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।  
पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका–१६ बस्ने ३१ वर्षीय बिनोद गुरुङ र सोहीठाउँ बस्ने २८ वर्षीय शसी कुवंर रहेका छन् । उक्त स्थानमा निषेधाज्ञाको समयमा हुलहुज्जत गर्ने, टिपरलाई अवरोध गरी क्षति पुर्यानउनुका साथै हातमा ढुङ्गामुढा बोकी अत्यावश्क सवारी साधन, दमकल समेतलाई अबरोध पुर्या्एपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 
उनीहरु उपर म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।