सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ

शुक्रबार, जेष्ठ १४ २०७८

कैलाली । बालबालिकाहरु माथि यौन दुर्व्यवहार गरेको अभियोगमा गोदावरी नगरपालिका–२ स्थित अहिंसा बादी विश्वशान्ति धर्म च्रक बौद्ध गुम्बाका सञ्चालक ७० वर्षीय गणेश बहादुर मोक्तानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 
मोक्तानले गुम्बामा रहेका आश्रित बालबालिकाहरु माथि यौन दुर्व्यवहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।