सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

चोरी निकासीको पट्रोलियम पदार्थ सशस्त्र प्रहरीद्वारा बरामद

बिहिबार, जेष्ठ १३ २०७८

बाँके जिल्लाको नरैनापुर गाउँपालिका २ स्थित सीमा ईलाकाबाट जेठ १२ गते सशस्त्र प्रहरीले करीव २ लाख ८४ हजार रुपैयाँ बराबरको चोरीनिकासीको पेट्रोलियम पदार्थ बरामद गरेको छ । 
नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको ३१ सय लिटर डिजेल र ५० लिटर पेट्रोल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कट्कुईयाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद पेट्रोलियम पदार्थ भन्सार कार्यालय जमुनहामा बुझाईएको छ ।