काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुन ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्रको बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार जेठ १३ गतेबाट पाँच बर्षे अवधिको बैदेशिक रोजगार बचतपत्र २०८३ (पाँच बर्षे) को बिक्री गर्न लागिएको हो ।
बचतपत्रको खरिद अवधि २०७८ असार तीन गतेसम्म तोकिएको छ । बचतपत्रको निष्काशन मिती भने २०७८ असार आठ गते तोकिएको छ । बचतपत्रको सावाँ भुक्तानी मिती बिसं २०८३ असार आठ गते तोकिएको छ । बार्षिक १० प्रतिसत व्याजदर तोकिएको र व्याजकर लाग्ने बचतपत्रको व्याज भुक्तानी प्रत्येक छ, छ महिनामा हुुने छ । बैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले बचतपत्र खरिदको लागि आवेदन दिन सक्नेछन ।
राष्ट्र बैंकका अनुसार घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद सिमा तोकिएको यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आपूm वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन । खरिद गरिएको बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दिन समेत सकिने व्यवस्था समेत रहेको छ ।

