आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेपाल खनालसहित ११ नेतालाई एमालेले साधरण सदस्यबाट हटायो, को को परे कारबाहीमा?

मंगलबार, जेष्ठ ११ २०७८

काठमाडौं l नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जना लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको छ। 

सोमबार बसेको स्थायी कमिटी बैठकले खनाल नेपालसहित विघटित प्रतिनिधिसभाका ११ सांसदलाई निष्काशन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । शनिबार स्पष्टीकरण सोधिए पनि उनीहरुले स्पष्टीकरण बुझाएका थिएनन्। 

पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा  निष्कासन गरिएको हो।

निष्कासनमा पर्नेमा नेपाल-खनालसहित भीम रावल, रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन,सरला यादव, पुष्पा कुमारी कर्ण, लक्ष्मीकुमारी चौधरी​,निरादेवी जैरु र कल्याणी खड्का रहेका  छन् ।