शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

२७ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दे राष्ट्र बैंक

आइतबार, जेष्ठ ९ २०७८

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले जेठ १० गते अर्थात भोलि सोमबार २७ अर्ब २० करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएकोे छ । सो दिन अपरान्ह तीन बजेसम्ममा बैंक तथा फाईनान्स कम्पनीहरुमा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । 
उक्त ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको दुुई अर्ब २३ करोड ३२ लाख, एक सय ८२ दिने अवधिको १२ अर्ब ४७ करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैयाँको रहेको छ । जसमध्ये २८ दिने अवधिको परिपक्व हुुने अवधि २०७८ असार आठ गते, ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ भदौ आठ गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ मंसिर सात गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७९ जेठ १० गते तोकिएको छ । 
राष्ट्र बैंकका अनुसार यसरी बिक्री हुुने कुुल ट्रेजरी अन्र्तगत पुरानो नवीकरणतर्फ २२ अर्ब २० करोड ३२ लाख र नयाँतर्फ पाँच अर्ब रुपैयाँ रहेको छ । यसअघि यही जेठ चार गते पनि १३ अर्ब ७४ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।   

rastra bank patra.JPG