काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आप्पत्ति जनाएका छन् ।
शनिबार बालुवाटारमा आयोजित बुद्धिबहादुर रायमाझीको ‘पञ्चायती जेलमा १३ वर्ष’ नामक पुस्तक बिमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले जसले लोकतन्त्र मान्दैन, उनीहरुले आफूलाई लोकतन्त्रको हिमायती बनेर नक्कली कुरा गरिहेको बताए । देउवाले जारी गरेको वक्तव्यको भाषाप्रति असन्तुष्टि जनाउँदै उनले ‘राष्ट्रपतिलाई तपाई समेत भन्ने सभ्यता नेपाली काँग्रेसमा रहेनछ’ भन्दै कटाक्ष गरे ।
‘तपाईँ पनि भन्नु हुँदैन राष्ट्रपतिलाई भन्ने ठान्छन् । असभ्य तरिकाले बोल्ने तिनै आफूलाई महान ठान्छन् । नेपाली काँग्रेसका सभापतिको त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियान कहाँसम्म पुगेको रहेछ भन्ने अचम्म लाग्यो’ ओलीले भने ।