काठमाडौं l प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संविधानमाथि कुनै थिचोमिचो नगरेको दाबी गरेका छन्।
बालुवाटारमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै ओलीले वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गरेको भन्दै ‘त्यसलाई कसरी थिचोमिचो भन्न मिल्छ’ भन्दै प्रश्न गरे। उनले भने, ‘संविधानमाथि कसले गर्यो थिचोमिचो, मार्गप्रशस्त गर्दा थिचोमिचो हुने हो र?’
उनले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीभित्रको अवस्थाले फेरि विश्वासको मत पाउने अवस्था नरहेकाले संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि सिफारिस गरेको बताए।