काठमाडौं । एनआईसी एशिया बैंक सञ्चालक समितीका अध्यक्ष तुलसीराम अग्रवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले राष्ट्रपति बिद्यादेवी भण्डारीबाट प्राप्त भएको ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ को बर्खिलाप काम गरेको देखिएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति ०७६/०५/३१ को निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण प्रदान गर्ने घोषणा भएकोमा यही चैत २७ गते राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहका बीच प्रमुख कार्यकारी न्यौपानेलाई विभूषण प्रदान गरिएको थियो । न्यौपानेले राष्ट्रपतिबाट ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्राप्त गरेका थिए । सोही विशेष समारोहका बीच राष्ट्रपतिले बैंकका सहायक महाप्रबन्धक रन्जन खड्कालाई पनि ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गरेकी थिईन ।
राष्ट्रपतिले दिने यो सम्मान देश जनताको हितको लागि काम गरेको कदरस्वरुप दिने उच्च सम्मान हो । तर सम्मान प्राप्त गरेको केही महिनामा नै एनआईसी एशियाले गरेका गरेका कर्तुतहरुको घटना सार्वजनिक भएपछि बैंकका अध्यक्ष सहित प्रमुख कार्यकारी अधिकृत न्यौपानले प्रबल जनसेवा श्री (चतुर्थ)’ को बर्खिलाप काम गरेको देखिएको हो ।
एनआईसी एशिया बैंक बिशाल ग्रुपको प्रमुख सेयर लगानी रहेको बैंक हो । यसका बहुसंख्यक सञ्चालकहरु बिशाल ग्रुप कै व्यक्तिहरु रहेकाछन । बैकमा प्रमुख कार्यकारी न्यौपाने भनिएपनि बैंकको निक्षेप तथा कर्जा प्रवाह सम्वन्धी सम्पुर्ण निर्णय बिशाल ग्रुप कै निर्देशनमा हुुने गरेको छ । स्मरण रहोस केही समयअघि मात्र खाद्य तथा गुणस्तर बिभागले बिशाल ग्रुपको हर्लिक्स, चोखोपन लगायतका उत्पादनहरुमा अखाद्य बस्तुुहरु भेटिएपछि बिशाल ग्रुपका केही व्यक्तिहरु कारवाहीमा समेत परेका थिए ।
यसरी हरेक क्षेत्रमा बदमासी गर्दे आएको एनआईसी एशिया बैंकले बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नारा दिएर चरमरुपमा कर्जावाला ग्राहकहरुलाई शोषण गरेको छ । जसको पछिल्लो उदाहरण एनआईसी एशिया बिरुद्ध नेपाल राष्ट्र बैंकमा परेका गुनासा तथा उजुुरीहरु हुुन ।
बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को महामारीको अवधिमा पनि एनआर्ईसी एशियाले राष्ट्र बैंकको निर्देशन बिपरित कर्जाको व्याज बढाउने, निशेधाज्ञाकाकारण सम्पुर्ण क्षेत्र ठप्प रहेको अवस्थामा ग्राहकलाई कर्जाको व्याज तिर्ने दिनदिनै ताकेता गर्ने, तोकिएको समयमा सावाँव्याज भुक्तानी नगरी हर्जाना लगाउने, धितो लिलाम गर्ने लगायतका कार्यहरु गर्दे आएको थियो । सोही कारण एनआईसी एशियाका पीडितहरुले राष्ट्र बैंक समक्ष एनआईसी एशिया बिरुद्ध उजुरी गरेका थिए । सो उजुरीउपर राष्ट्र बैकले सोधेको जवाफमा प्राविधिक त्रुटिवस व्याजदर परिवर्तन भएको र अब नर्गने भन्दै राष्ट्र बैंकको संभावित कारवाहीबाट छुुटकारा पाएको थियो ।
श्रोतका अनुसार एनआईसी एशिया बिरुद्ध दैनिकजसो राष्ट्र बैंकमा उजुरी पर्ने गरेको छ । अहिले पनि एनआईसी एशियाका एकजना पीडित ग्राहक एनआईसी एशिया कै कारण आफ्नो आर्थिक अवस्था तहसनहस भएको भन्दै बैंक बिरुद्ध राष्ट्र बैंक समक्ष उजुरी गर्ने तयारीमा रहेकाछन ।
तर नेपाल हो, यही बिचमा बैंकका प्रमुख कार्यकारी न्यौपानले राष्टपति भण्डारीबाट बिभुषण पाएकाछन, श्रोतले भनेको छ । श्रोतका अनुसार प्रमुख कार्यकारीलाई बिभुषण दिलाउनमा सोही बैंकमा कार्यरत डिजिएम रञ्जन खड्काको हात रहेको छ । केही समय सेञ्चुरी कर्मसियल बैंकमा समेत काम गरेका खड्का एमालेका कार्यकर्ता समेत हुुन । सोही आधारमा आफु समेत बिभुुषित भई प्रमुख कार्यकारी न्यौपानेलाई समेत बिभुुषित गराउन खड्का सफल भएका हुुन, श्रोतले भनेको छ ।