काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार रू रू जलविद्युत् परियोजनाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
यो समाचार लेख्दाको समय ११ : २० बजेसम्ममा कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले घटेको हो ।
शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५३ मा झरेको हो । कम्पनीको शेयर मूल्य रू. १ हजार २२८ मा खुलेकोमा रू. १ हजार २८७ मा गएर घट्न थालेको हो । कम्पनीको शेयरमूल्य दोस्रो बजारमा कारोबारमा भएदेखिनै सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो ।