काभ्रे । काभ्रेको चौरि देउराली गाउँपालिका स्थानीय निलकण्ठ गौतमले आफु माओवादी नभएका कारण पालिकाको माग बमोजिम सम्पुर्ण योग्यता पुगेपनि छनोट नगरेर माओवादीले नाङ्गो नाच देखाएको आरोप लगाएका छन l
चौरि देउराली गाउँपालिका अन्तरगत स्वास्थ संस्थाहरुमा कर्मचारी पदपूर्तिका निमित्त अन्तर्वार्तामा ५ जना छनोट भएतापनि केवल १ जनाको मात्र उपस्थिती रहेको जसमा गाउँपालिकाले तोकिएको समयमा निलकण्ठ गौतम मात्रै सङ्लङ्न थिए तर उनि माओवाद नभएकै कारणले गर्दा माग बमोजिम योग्यता भएतापनि चरम राजनैतिक पुर्वाग्रहले गर्दा उनलाई उक्त पदका लागि छनोट नगरिएको उनको आरोप छ।
मंगलबार निलकण्ठ गौतमले आफु माथी भएको चरम राजनीति अत्याचारको सामाजिक सञ्जाल मार्फत बिरोध गरेका छ्न र उनले सञ्जाल मार्फत नेकपा माओवादिलाई पाटिगत हिसाबमा सहयोग गर्नु पर्छ भनेर उनलाई अनेक कल सङै मान्छेहरु भेट्न आए तर पनि आफ्नो ब्यक्तीगत स्वत्रन्तता प्रयोग गर्दै प्रस्तुत भएर आफु माओवादी नबन्ने भनि माओवादीलाई समर्थ गर्ने जस्ता कुराको उनले नकार्दिए तर आश्चर्यको कुरा के थियो भने अन्तर्बार्तामा उपस्थित नभएको मान्छे छनोट भए तर गौतम छनोट भएनन् ।
चौरि देउराली गाउँपालिकाले जनता माथि गरेको उक्त नितान्त अत्याचारको बास्तबिक कुरा आम जनसमुदायमा प्रस्ट बनाउनकै निमित्त र पालिकाको नाङ्गो नाचको पर्दाफास गर्न गौतमले सामाजिक सञ्जाल मार्फत बिरोध गरेको उनले बताएका छ्न।
गाउँ पालिकाको फोहोरी राजनीतिको हिसाब् जनताले एक – एक गरि राखेका छ्न र त्यो घिनलाग्दो राजनीतिको आकडा राख्ने सोझा साझा जनताले त्यो आकाडा च्यातेर फाल्या छैनन् यसक हिसाब किताब समय आएपछि जन्ताले गर्छ्न भनेर गौतमले पालिकालाई चेतावनी समेत दिएका छ्न।
चौरि देउराली गा.पा लाई माओवादिको पार्टी कार्यलयको दर्जा दिदै “आफु माओवादि नभएकै कारण रोजगारि गुम्यो प्रशासकिय अधिकि्तलाई यसो गर्न पाइन्छ भन्दा किन मौन कुनै बिधि र बिधान आबश्क पर्दैन जे गरे नि सहनै पर्ने हो! ” भन्दै उनले गुनासो पोखेका छ्न र सरकारवाला सम्बन्धित निकायहरुलाई यससङ सम्बन्धित थप प्रमाण ,फोन रेकर्ड आदि आबश्यक परेमा उनले उपलब्ध समेत गराउने छु भन्दै आफ्नो मोबाईल न. सार्वजनिक गरेका छ्न।