बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रियसभा चुनावमा सहयोग माग्दै गृहमन्त्री बादल नेपाल निवासमा

मंगलबार, जेष्ठ ४ २०७८

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । 

राष्ट्रियसभा सदस्यको पदका लागि हुन लागेको चुनावमा सहयोग माग्न गृहमन्त्री थापा नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

राष्ट्रियसभा सदस्यको रिक्त पदमा थापा बागमती प्रदेशबाट उम्मेदवार बनेका छन् । निर्वाचन बिहीबार हुँदैछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा एमाले नेपाल–खनाल समूहबाट खिमलाल देवकोटा उम्मेदवार छन् ।

एमालेको ओली समूहले भने थापालाई उम्मेदवार बनाएको छ । गत फागुन २३ गतेको सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि थापा माओवादी छाडेर ओलीको पक्षमा लागेपछि उनी राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका थिए ।