शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेले मार्यो छलाङ

मंगलबार, जेष्ठ ४ २०७८

काठमाडौं । नेप्सेले छलाङ मारेको छ । आज मंगलबार पनि नेप्से ३४ दसमलव ६८ अंकले बढेर २७ सय ९३ दसमलव ८९ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दसमलव ६४ अंकले बढेर चार सय ९७ दसमलव २२ अंकमा पुुगेको छ । आज दुुई सय १५ वटा कम्पनीहरुको एक लाख १५ हजार नौ सय ६१ पटकको कारोवारमा दुई करोड ३१ लाख ३१ हजार छ सय १५ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँ पुुगेको छ ।  
आज १३ वटा समुहको कारोवार हुंदा उत्पादनमुलक समुहले गुमाएपनि बाँकी समुहले भने कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव ७१ अंकले बढेर १८ सय २६ दसमलव ७८ अंकमा पुग्दा बिकास बैंक, जलबिद्युुत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, सामुहिक लगानी कोष र लगानी समुहको सुचक पनि बढेकाछन ।  
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा घलेम्दी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल पुर्नबीमा कम्पनी परेको छ ।