बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मंगलबार बजार खुल्नासाथ तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

मंगलबार, जेष्ठ ४ २०७८

काठमाडौं । मंगलबार कारोबारको केहि मिनेटमै तीन कम्पनीको शेयरमूल्य पोजेटिभ सर्किट लागेको छ । यो अवधिसम्म नेपाल फाइनान्स कम्पनी, रूरू जलविद्युत कम्पनीको र राधी विद्युत कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको हो ।  

नेपाल फाइनान्स कम्पनीको प्रतिकित्ता ३६ रुपैयाँले बढेर ३९७ पुगेको छ भने रूरू जलविद्युतको प्रतिकित्ता ९६ ले मूल्य बढेर अन्तिम मूल्य १०६४ र राधी विद्युत कम्पनीको प्रतिकित्ता ७७ ले बढेर अन्तिम मूल्य ८५१ कायम भएको छ ।