अहिले भर्खर सिंहदरबारको मुखैमा मन्त्रीको गाडीले बिना संकेत वीचबाट देब्रे मोडेर सिंहदरवारको मूल गेटबाट छिर्न खोज्दा पछाडिबाट आउँदै गरेको उपसचिवको गाडी ठोक्किई क्षति पुगेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय (रामशाहपथ) अगाडि प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ सवार को अ झ ६९९ नम्बरको गाडी र नागरिक उड्डयन मन्त्रालयका उपसचिव गुरु खतिवडाले चलाएको बा २ झ १९६१ नम्बरको गाडी ठक्करमा पर्दा सानो गाडीमा अगाडिको बम्पर क्षतिग्रस्त भएको हो ।
मन्त्री सवार गाडीले ट्राफिक नियम मिचेर गाडी चलाई सिंहदरबारतिर छिर्न खोज्दा उपसचिव सवार गाडी ठक्कर खाई क्षति पुगेको हो ।ट्राफिकले अहिले दुबै गाडीलाई नियन्त्रणमा लिएको छ । जन आश्था साप्ताहिकमा खबर छ l