आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रधानमन्त्री ओली एक्शन : सीसीएमसी बैठकमा कडा निर्देशन, संकटकालबारे छलफल

सोमबार, जेष्ठ ३ २०७८

काठमाडौं– कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सीसीएमसी) बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कडा निर्देशन दिएका छन्।

आइतबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री ओली आफैं सहभागी भई प्रक्रियाका नाममा नागरिकको ज्यानलाई जोखिममा नपार्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन्।

बैठकमा नीजि क्षेत्रसहितको सहभागीताका आधारमा कोभिड नियन्त्रण र नागरिकको ज्यान जान नदिनका लागि सबै शक्ति लगाउनका लागि प्रधानमन्त्री ओलीको निर्देशन थियो।

बैठकमा स्वास्थ्य संकटकाल घोषणाका विषयमा छलफल भएको थियो। स्वास्थ्यमन्त्रालयले उक्त प्रस्ताव गरे पनि त्यसविषयमा छलफलपछि मात्र निर्णय गर्नुपर्ने राय आएको थियो।