शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पहिलो दिन नै नेप्सेले मार्यो छलाङ १० अर्ब ४० करोड रुपैयाँको सेयर किनबेच

आइतबार, जेष्ठ २ २०७८

काठमाडौ, l साताको पहिलो कारोवार दिन नै नेप्सेले छलाङ मारेको छ । नेप्से आज ५४ दसमलव २१ अंकले बढेर २७ सय ३८ दसमलव २९ अंकमा चढेकोमा सेन्सिटिभ पनि आठ दसमलव ६४ अंकले बढेर चार सय ८८ दसमलव १४ अंकमा चढेको छ ।

दुई सय १४ वटा कम्पनीहरुको एक लाख १३ हजार ६९ पटकको कारोवारमा दुई करोड १३ लाख २८ हजार आठ सय ८२ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा १३ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २७ दसमलव ४३ अंकले बढेर १८ सय १२ दसमलव ६४ अंकमा चढेकोमा बिकास बैंक, जलबिद्युुत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रुरु जलबिद्युुत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नारायणी डेभलपमेन्ट बैंक पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी, एनसीसी बैंक आदि परेकाछन ।