काठमाडौं । स्ट्याण्डर्ड चार्टड बैंक नेपालले राष्ट्र बैंकका निर्देशन पालना नगर्दा पनि राष्ट्र बैंक पटक पटक यसमा मौन बसेको देखिन्छ । विदेशी लगानीको बैंक भएकाले फिर्ता जान्छ कि भन्ने भयले गर्दा नेपाल राष्ट्र बैंक यसमा मौन बसेको हो ।
नेपाल राष्ट्र बैंकले सबै स्थानिय तहमा बैंकका साखा पु¥याउने लक्ष्य लिएको छ । जसमध्ये अहिलेसम्म तीनवटा स्थानिय तहमा साखा पुग्न सकेका छैनन् । दुर्गम भेग तथा केन्द्र विवादका कारण तीन स्थानमा साखा खोल्न नसकिएको बैंकर्स संघको भनाई छ ।
सबै स्थानिय तहमा साखा खोल्ने राष्ट्र बैंकको नीतिमा स्ट्याण्डर्ड चार्टड बैंकको पुरै असहयोग रह्यो । उसले आफ्ना साखा बिस्तार गर्न चाहेन । जसका कारण २६ वटा बैंकहरुले मात्रै यो नीतिमा सामेल भए । यसमा राष्ट्र बैंक, मौन बस्यो जसमा बैंकर्सहरु समेत अचम्भीत भए ।
यसपछि अहिले राष्ट्र बैंकले कृषिमा कुल कर्जाको ११ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । जसमा पनि स्ट्याण्डर्ड चार्टड बैंकको पुरै असहयोग छ । जसले अहिलेसम्म जम्मा ६ दशमलव दुई छ प्रतिशत मात्रै लगानी गरेको छ ।
बैंकहरुले कृषिमा सहजै लगानी गर्न नसकेपछि गत वर्षदेखि नेपाल राष्ट्र बैंकले कृषि बिकास बैकंलाई कृषि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरिदियो । यस बैंकले जारी गरेका ऋणपत्र खरिद गरेमा पनि कृषिमा लगानी गरे बराबर हुने भनेर राष्ट्र बैंकले यस खालको व्यवस्था गरेको हो ।
तीन महिना अघि कृषि बिकास बैंकले ६ अर्बको ऋणपत्र निष्काशन गर्याे । जसमा राष्ट्र बैंकले तोकेबमोजिम लगानी गर्न नसकेका बैंकहरुले करिब १४ अर्ब बराबरको दाबी गरे । तर, यसमा स्ट्याण्डर्ड चार्टड बैंकको दाबी परेन । यो बैंकले न आफै कृषि कर्जा बढाएको छ नत कृषि बिकास बैकले जारी गरेको ऋणपत्र नै खरिद गरेको छ । तर, यसमा पनि राष्ट्र बैंक मौन रहेको छ ।
प्रत्यक्ष रुपमा कृषिमा लगानी गर्दा यो बैंकसँग दक्ष जनशक्ति छैन, होला यो सम्म मान्न सकिन्छ । तर कृषि बिकास बैकले करिब ४ प्रतिशत ब्याज सहित निष्काशन गरेको ऋणपत्रमा यसको किन दाबी परेन, यो अचम्मको कुरा छ ।
अहिले स्ट्याण्डर्ड चार्टड बैंक राष्ट्र बैंकका नीति निर्देशनमा त्यति सचेत नै देखिदैन । बरु यसले आपत्ति जनाउने हो कि आफ्ना नीतिमा भनेर राष्ट्र बैंक नै बढि चिन्तित देखिन्छ ।
राष्ट्र बैंकका एक उच्च अधिकारी भन्छन् ‘ राष्ट्र बैंकका नीति सबै बैंकलाई लागु हुन्छ, यो बैकले नीति नमान्दा नेर्तंत्व मौन बस्नु अचम्म छ, कित निर्देशन जारी गर्दा नै स्ट्याण्डर्ड चार्टड बैंक नेपाललाई लागु नहुने भनेर घोषणा गर्नुपर्याे । ’
अन्तर्राष्ट्रिय अभ्यास अनुसार चलेको बैंक भएकाले राष्ट्र बैंक आफ्ना नीति नियम यसमा लगाउन डराइरहेको छ । बाध्य पार्दा बिदेशी लगानीको बैक फेरी पलायन पो हुने हो कि भन्ने भय राष्ट्र बैंकका उच्च अधिकारी समक्ष छ ।
यि माथिका दुई निर्देशनमा मात्रै होइन, ऋणपत्र निष्काशनमा पनि स्ट्याण्डर्ड चार्टडले नेपाल राष्ट्र बैंकको निर्देशन पालना नगर्ने देखिन्छ ।
केन्द्रीय बैंकले आर्थिक वर्ष २०७६/७७ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै दुई वर्षभित्र वाणिज्य बैंकहरुले चुक्ता पुँजीको २५ प्रतिशत बराबरको ऋणपत्र निष्काशन गर्नुपर्ने व्यवस्था गरेको थियो ।
ऋणपत्र बापतको रकम शतप्रतिशत कर्जा प्रवाहका लागि उपयोग गर्नसक्ने गरी केन्द्रीय बैंकले जारी गरेको यो नीतिमा पनि स्ट्याण्डर्ड चार्टड बैकको पुरै असहयोग देखिन्छ । यसले अहिलेसम्म ऋणपत्र निष्काशनको काम पनि अघि बढाएको देखिदैन । जबकी तोकिएको सिमा सकिनका लागि अब धेरै समय नै छैन । प्रश्न यो छ कि के स्ट्याण्डर्ड चार्टड बैंक राष्ट्र बैंकको ‘ज्वाई ’ हो, जसले कुनै निर्देशन नै पालना नगर्नुपर्न र राष्ट्र बैंक पनि यसमा मौन बस्नुपर्ने ।