बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

५ हाइड्रोपावरको शेयर मूल्यमा वृद्धि

बिहिबार, बैशाख ३० २०७८

 काठमाडौं । साताको  अन्तिम कारोबार दिन बिहीवार अधिकाशं जलविद्युत् कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएको छ । सबैभन्दा बढी दिब्यश्वरी हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ ।त्यसैगरी रू रू जलविद्युत् परियोजनको शेयर मूल्य अघिल्लो दिनको तुलनामा ९ दशमलव ८९ प्रतिशत, खानीखोला हाइड्रोपावरको ९ दशमलव ६०,जोशी हाइड्रोपावरको ९ दशमलव २४ र आँखुखोला जलविद्युत कम्पनीको ९ दशमलव शून्य ९ प्रतिशतका दरले वृद्धि भएको छ । ती पाँच ओटै कम्पनीहरुको शेयरमा विक्रेताभन्दा क्रेताहरु धेरै भएकाले शेयर मूल्य बढेको हो ।

दिब्यश्वरी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता रू. १८७, रू रू जलविद्युत् परियोजनाको रू. ८००, खानीखोला हाइड्रोको रू. १९४,जोशी हाइड्रोपावरको रू. २०१ र आँखुखोला जलविद्युत् कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २०४ पुगेको छ । यस बाहेक अधिकांश जलविद्युत् कम्पनीहरुको शेयर मूल्यमा वृद्धि भएसँगै यस समूहको परिसुचक १ दशमलव ७८ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो समय बजार बढ्न थालेसँगै लगानीकर्ताहरु  कम शेयर मूल्य भएका कम्पनीतर्फ आकर्षित भएका छन् ।