शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपाल सुपर लिग (एनएसएल): काठमाडौं र चितवन भिड्दै

आइतबार, बैशाख २६ २०७८

काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा काठमाडौं रेजर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

काठमाडौं र चितवनबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

काठमाडौं प्ले अफ पुगिसकेको टिम हो । चितवन बाहिरिसकेको छ ।

त्यसैले यस खेल प्रतिष्ठाको लडाईको रुपमा रहेको छ ।

तर, काठमाडौं आज जित निकाल्दै शीर्ष स्थानमा रहेर प्ले अफ खेल्न चाहन्छ ।

काठमाडौं ५ खेलमा १० अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।

चितवनसँग जित वा बराबरी खेलेको अवस्थामा काठमाडौं शीर्ष स्थानमा रहनेछ ।

चितवन भने ५ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।

चितवन अन्तिम खेल जित्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।