शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बुढानीलकण्ठमा वार्तैवार्ता

शनिबार, बैशाख २५ २०७८

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार (२७ वैशाख)मा संसद्को विशेष अधिवेशन बोलाइएपछि कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा राजनीतिक भेटवार्ता बाक्लिएका छन् । तीन दिनमा देउवानिवासमा तीन महत्वपूर्ण राजनीतिक भेटवार्ता भएका छन् । र, पछिल्ला दुई वार्ता विपक्षी गठबन्धन बलियो बनाउने रणनीतिमा केन्द्रित छन् । 

बुधबार प्रधानमन्त्री केपी ओलीसहितका नेताले कांग्रेस सभापति देउवासहितका नेतासँग वार्ता गरेको अर्को दिन बिहीबार एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पनि बुढानीलकण्ठ नै पुगेर देउवासँग भेटवार्ता गरेका थिए । त्यसको अर्को दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुढानीलकण्ठ पुगेर विपक्षी गठबन्धनलाई बलियो बनाउने रणनीतिबारे छलफल गरेका छन् । देउवा र नेपालबीचको वार्ता पनि विपक्षी गठबन्धन बलियो बनाउने रणनीतिमै केन्द्रित थियो । 

संसद्मा विश्वासको मत लिने प्रधानमन्त्री ओलीको घोषणापछि कांग्रेस, माओवादी, जसपा र एमालेको खनाल–नेपाल समूहसहितको विपक्षी गठबन्धन ओलीको योजना असफल पार्ने रणनीतिमा छ । उता ओली भने सके विश्वासको मत लिने र नभए विपक्षीको सहयोगमा संसद् विघटन गरेर मुलुकलाई चुनावमा लैजाने योजनामा छन् । आजको नयाँ पत्रिकामा खबर छ l