शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

झण्डै १३ अंकले घट्यो नेप्से, तीन वटा समुहले कमाउँदा १० वटा समुहले गुमाए

बिहिबार, बैशाख २३ २०७८

काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । साताको अनितम कारोवार दिन आज बिहिबार नेप्से १२ दसमलव ४७ अंकले घटेर २६ सय २७ दसमलव १३ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ७७ अंकले घटेर चार सय ७३ दसमलव चार अंकमा झरेको छ । दुई सय १६ वटा कम्पनीहरुको ८० हजार एक सय ४१ पटकको कारोवारमा एक करोड ५९ लाख ८० हजार आठ सय १५ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम छ अर्ब ८१ करोड ९१ हजार चार सय ५३ रुपैयाँ पुगेको छ । 
आज १३ वटा समुहको कारोवार हुंदा तीन वटा समुहले कमाएकाछन भने बाँकी समुहले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ११ अंकले बढेर १७ सय ७८ दसमलव ७१ अंकमा चढेकोमा फाईनान्स र लगानी समुहको सुचक पनि बढेकाछन । बिकास बैंक समुहको सुचक भने आज १३ दसमलव ८५ अंकले घटेर २८ सय एक दसमलव २१ अंकमा झरेकोमा जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, टेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहहरुको सुचक पनि घटेकाछन ।  
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा खानीखोला हाईड्रोपावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बिशाल बजार कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनी पहिलो स्थानमा परेको छ ।