काठमाडौं । नेप्से आज बुधबार घटेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज पाँच दसमलव नौ अंकले घटेर २६ सय ४९ दसमलव ६० अंकमा झरेकोमा सेन्सिटिभ पनि एक दसमलव ६३ अंकले घटेर चार सय ७३ दसमलव ८१ अंकमा झरेको छ । दुुई सय १८ वटा कम्पनीहरुको ७८ हजार सात सय ७१ पटकको कारोवारमा एक करोड ४८ लाख ६७ हजार नौ सय ९५ कित्ता सेयर किनबेच भएकाछन भने कुल कारोवार रकम छ अर्ब २१ करोड ६८ लाख १४ हजार तीन सय १३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा नौ वटा समुहले गुमाएकाछन भने चार वटा समुहले कमाएकाछन । सो मध्ये बाँँणिज्य बैंक समुहको सुचक चार दसमलव ९९ अंकले घटेर १७ सय ७१ दसमलव ६१ अंकमा झर्दा बिकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन । जलबिद्युुत समुहको सुचक भने आज ४५ दसमलव २७ अंकले बढेर २६ सय ५७ दसमलव २७ अंकमा चढेकोमा निर्जिवन बीमा, टेडिङ र फाईनान्स समुहको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रिडी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा आशा लघुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा भने प्रभु इन्स्योरेन्स कम्पनी परेको छ ।