बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्राइम लाइफ इन्स्योरेन्सको बढ्यो नाफा, प्रतिशेयर आम्दानी कती…?

बुधबार, बैशाख २२ २०७८

प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरेको उक्त विवरण अनुसार कम्पनीले सो अवधिसम्म आइपुग्दा २२ करोड ८६ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

यो नाफा गत वर्षको तुलनामा २४.८६ प्रतिशतले धेरै हो  । गत वर्षको सोहि अवधिमा कम्पनीले १८ करोड ३० लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।चैत मसान्तसम्म कम्पनीले ३ अर्ब ७ करोड ६६ लाख ८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको सोहि अवधिको तुलनामा ३७.४९ प्रतिशतले धेरै हो ।

अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब २३ करोड ७५ लाख ८७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । सो अवधिसम्म कम्पनीले ८७ करोड ३१ लाख ४४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

हाल चुक्ता पुँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६२ करोड ५२ लाख ९९ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ९८ पैसा छ ।