शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेले मार्यो छलाङ, पहिलो कारोवार दिन नै ५४ अंकले बढ्यो नेप्से

आइतबार, बैशाख १९ २०७८

काठमाडौं । नेप्सेले छलाङ मारेको छ । साताको पहिलो कारोवार दिन अर्थात निशेधाज्ञाको अवधिमा पनि नेप्से आज ५४ अंकले बढेर २६ सय ६५ दसमलव १० अंकमा पुुग्दा सेन्सिटिभ पनि आठ दसमलव ७८ अंकले बढेर चार सय ७७ दसमलव ८१ अंकमा चढेको छ । दुई सय २६ वटा कम्पनीहरुको ८३ हजार चार सय चार वटा कम्पनीहरुको एक करोड ५८ लाख ३२ हजार चार सय तीन कित्ता सेयर किनबेच भएकाछन भने कुल कारोवार रकम सात अर्ब ३६ करोड आठ लाख पाँच हजार रुपैयाँ पुगेको छ ।  
आज १३ वटा समुहको कारोवार हुंदा १३ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दसमलव ९१ अंकले बढेर १७ सय ९४ दसमलव दुई अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ३७ दसमलव ८५ अंकले बढेर २६ सय १३ दसमलव १८ अंकमा चढेको छ । बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन । 
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा महिला लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुडविल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) परेको छ ।