काठमाडौं, नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से साताको अन्तिम कारोवार दिन आज बिहिबार २५ दसमलव ८२ अंकले बढेर २६ सय ११ दसमलव १० अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दसमलव ९१ अंकले बढेर चार सय ६९ दसमलव दुई अंकमा चढेको छ । आज दुई सय १७ वटा कम्पनीहरुको ५० हजार छ सय ७३ पटकको कारोवारमा ९८ लाख १८ हजार ४६ कित्ता सेयर किनबेच भएकाछन भने कुल कारोवार रकम चार अर्ब ३५ करोड ७० लाख १९ हजार दुई सय ४९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुदा होटल तथा पर्यटन र लगानी समुहको घटेकाछन भने बाँकी समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ५५ अंकले बढेर १७ सय ७४ दसमलव १६ अंकमा पुुग्दा बिकास बैंक, जलबिद्युत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिंगटी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल क्रेडिट एण्ड कर्मस बैंक पहिलो स्थानमा परेको छ ।