काठमाडौं । बैंक अफ काठमाडौंले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब १६ करोड ९३ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ८७ करोड ३४ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी नौ अर्ब ६५ करोड ८१ लाख ७६ हजार रुपैयाँ रहेको बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा ९६ अर्ब ४७ करोड ५९ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ७७ करोड ९२ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ३५ करोड ५८ लाख ९५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकमा एक दसमलव एक प्रतिसत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दसमलव २६ प्रतिसत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने ८५ करोड ६९ लाख ६४ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ९२ अर्ब १० करोड ३२ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ८८ करोड १६ लाख आठ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ८७ करोड ८७ लाख ८० हजार तीन सय ५३ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दसमलव ५३ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दसमलव ८० प्रतिसत रहेको थियो ।