काठमाडौं । नेपाल क्रेडिट एण्ड कर्मश बैंक (एनसीसी) ले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब १० करोड ११ लाख ८० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब १६ करोड ५८ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी १० अर्ब ३१ करोड ४५ लाख ५१ हजार रुपैयाँ रहेको बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब एक अर्ब ८१ करोड ९१ लाखा १० हजार रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ५९ करोड १५ लाख दुई हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब १५ करोड ८९ लाख १६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दसमलव पाँच प्रतिसत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दसमलव ७४ प्रतिसत स्प्रेड दर रहेको बैंकको बितरणयोग्य नाफा भने ८७ करोड ९३ लाख ९४ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ७२ अर्ब ८१ करोड ५८ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब दुई करोड १९ लाख ३१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ५० करोड ६२ लाख ६९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दसमलव ७५ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दसमलव आठ प्रतिसत रहेको थियो ।