आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

दोस्रो दिन मै बिक्री भयो, एनआईबिएल समृद्धि फण्ड दोस्रोको ८७ प्रतिशत भन्दा बढी इकाई

बुधबार, बैशाख १५ २०७८

काठमाडौं ।  एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड दोस्रोको दोस्रो दिनमा नै ८७ प्रतिशत भन्दा बढी आवेदन परेको क्यापिटलले जनाएको छ । 
क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब दुुई करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो । 
उक्त फण्डमा न्यूनतम एक सयदेखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने समय यही बैशाख १६ गतेसम्म रहेको क्यापिटलले जानकारी दिएको छ ।