आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

महामारी पनि भित्रियो १० अर्ब बराबरको बैदेशिक लगानी

बुधबार, बैशाख १५ २०७८

काठमाडौं । महामारीका समयमा पनि देशमा करिब  १० अर्ब १८ करोड बराबरको बैदेशिक लगानी भित्रिएको छ । यो रकम विदेशी कम्पनीले गरेको प्रतिबद्धता होइनकि खुद नेपालमा उनिहरुले भित्राएको रकम हो ।

अन्य समयमा पनि खासै भित्रन नसकेको बैदेशिक लगानी गत वर्षको तुलनामा ३४ दशमलव ८ प्रतिशतले कमि त आएको छ । तरपनि यस्तो बेलामा यो खालको लगानी आउनुलाई भने सन्तोषजनक मान्न सकिन्छ । किनभने अहिले बिश्वभरका लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसेका छन् । उनिहरुले खासै लगानी बिस्तार गर्न चाहेका छैनन् ।

अघिल्लो वर्षको फागुन मसान्तसम्म खुद प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ६१ करोड रहेको  नेपाल राष्ट्र बैंक बताउँछ ।

बैदेशिक लगानी तथा रेमिट्यान्सका कारण देशको सोधनान्तर स्थिती अहिले सन्तोषजनक अवस्थाम छ ।  फागुन शोधनान्तर स्थिति ६८ अर्बले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु३७ अर्ब ८४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३३ करोड १२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तसम्मा राज्यसँग १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । जुन अहिले  २.५ प्रतिशतले वृद्धि भई २०७७ फागुन मसान्तमा १४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ फागुन मसान्तमा ६.२ प्रतिशतले वृद्धि भई १२ अर्ब ३७ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ फागुन मसान्तमा ३.३ प्रतिशतले वृद्धि भई .१२ खर्ब ६६ अर्ब १० करोड पुगेको छ  ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ फागुन मसान्तमा ३.० प्रतिशतले कमी आई १ खर्ब ७० अर्ब ४४ करोड कायम भएको छ । २०७७ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २७.६ प्रतिशत रहेको छ ।