शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बायर्नको मुख्य प्रशिक्षकमा जुलियन

मंगलबार, बैशाख १४ २०७८

एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले जुलियन नागेल्समानलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

जर्मन च्याम्पियन बायर्नले मंगलबार जुलियनलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

जुलियन अहिले आरबी लाइपजिगका प्रशिक्षक रहेका छन् । उनी जुलाई १ बाट बायर्नमा आबद्द हुने छन् ।

३३ वर्षीय प्रशिक्षक जुलियनले बायर्नसँग पाँच वर्षको सम्झौता गरेका छन् ।

मुख्य प्रशिक्षक हन्सी फ्लिक्सले क्लबसँगको सम्झौता टुंगाएपछि बायर्नले जुलियनलाई टिमको जिम्मेवारी दिएको हो ।

बायर्न यस सिजन पनि बुन्डेसलिगाको उपाधि नजिक रहेको छ ।