आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

माछापुच्छ्रे बैंकको तेस्रो त्रैमासिक नाफा एक अर्ब २९ करोड 

मंगलबार, बैशाख १४ २०७८

काठमाडौं ।  माछापुच्छ्रे बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब २९ करोड छ ला २९ हजार छ सय ६८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब १६ करोड ६८ लाख ५५ हजार पाँच सय ५३ रुपैयाँ रहेको थियो । 
हाल चुक्ता पुंजी नौ अर्ब पाँच करोड ३० लाख ९४ हजार पाँच सय ८१ रुपैयाँ रहेको बैंकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब २५ अर्ब ४९ करोड ८३ लाख ११ हजार छ सय ७६ रुपैयाँ निक्षेप संक्लन गरी एक खर्ब १२ अर्ब ५७ करोड ४९ लाख ९६ हजार एक सय ३० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब १६ करोड ३१ लाख ८९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैकमा शुन्य दसमलव ५१ प्रतिसत कर्जा निष्क्रिय रहेको छ । उक्त अवधिमा चार दसमलव चार प्रतिसतको स्प्रेड दर कायम रहेको बैकको बितरणयोग्य नाफा भने ८४ करोड ६९ लाख नौ हजार रुपैयाँ रहेको छ । 
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब चार अर्ब नौ करोड ८८ लाख ९९ हजार आठ सय ६६ रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ५२ करोड ९२ लाख २६ हजार पाँच सय ३२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब तीन करोड ८९ लाख नौ हजार पाँच सय २८ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव ४५ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दसमलव ४१ प्रतिसत रहेको थियो ।