काठमाडौं । नेप्सेमा भिषण पहिरो गएको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से एकैदिन ७५ दसमलव ७९ अंकले घटेर २५ सय ७२ दसमलव २२ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि १२ दसमलव ५६ अंकले घटेर चार सय ६४ दसमलव पाँच अंकमा पुगेको छ । आज दुई सय १५ वटा कम्पनीहरुको एक लाख चार हजार ४० पटकको कारोवारामा एक करोड ४६ लाख ९० हजार सात सय २० कित्ता सेयर किनबेच हुंदा कारोवार रकम सात अर्ब २८ करोड ४१ लाख ९४ हजार नौ सय एक रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार भएकोमा सबै सुचक घटेर नेप्से रातै भएको छ । ति मध्ये आज बाँणिज्य बैंक समुहको सुचक ४२ दसमलव ६५ अंकले घटेर १७ सय ७६ दसमलव ३० अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि चार सय ४० दसमलव ८७ अंकले घटेर १२ हजार सात सय ४३ दसमलव पाँच अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, जलबिद्युत, लघुबित्त, जीवन बीमा, टेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुमारी बैंकको संस्थापक सेयर परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो चन्द्रागिरी हिल्स लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक पहिलो स्थानमा परेको छ ।