बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

चन्द्रको ’किन होला’ मा डिमोन र सिर्जना

आइतबार, बैशाख १२ २०७८

काठमाडौं । अमेरिकाको एट्लाण्टा सहर निवासी गायक चन्द्र लावारले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ’किन होला’ सार्वजनिक गरेकाछन् । 
प्रेमिल शैलीको यस गीतलाई प्रसिद्ध संगीतकर्मी तथा गायक सुरेश कुमार क्षेत्रीले संगीतवद्ध गरेका हुुन । गीतमा शब्द अमेरिकामा रहेका गीतकार गोपाल क्षेत्रीको रहेको छ भने राजन तामाङको संगीत संयोजन रहेको छ ।

pa1.JPG 
म्युजिक भिडियोमा डिमोन क्षेत्री र सिर्जना जिसीबीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।   राम कुमार केसीले छायांकन गरेको यो भिडियोलाई विवेक सुनारले सम्पादन गरेका हुन् । विवेक दत्त मंगेश सहायक निर्देशक रहेको यो भिडियोलाई राजिव समरको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो । 
गायक लावारकी सुपुत्री सान्वी लावारको जन्मदिनको शुभअवसर पारेर ’चन्द्र लावार’ च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । निर्माण टिमले सम्पूर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् । 

भिडियो लिंक

https://youtu.be/PDPkFsma6Vw