काठमाडौं । अघिल्लो दिन उच्च अंकले घटेको नेप्सेमा आज मंगलबार भने झिनो अंकले सुधार आएको छ । नेप्से आज दुई दसमलव ६८ अंकले बढेर दुई हजार छ सय ६४ दसमलव ६१ अंकमा चढेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव पाँच अंकले बढेर चार सय ७९ दसमलव ६० अंकमा चढेको छ । दुई सय १६ वटा कम्पनीहरुको ६५ हजार सात सय ९३ पटकको कारोवारमा एक करोड २३ लाख ६९ हजार पाँच सय एक कित्ता सेयर किनबेच हुंदा आज कारोवार रकम भने पाँच अर्ब ५३ करोड ८६ लाख १७ हजार छ सय ४० रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा चार वटा समुहले गुमाएकाछन भने भने बाँकी समुहले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव ३७ अंकले घटेर १८ सय ३४ दसमलव ६५ अंकमा झरेको छ भने निर्जिवन बीम, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने आज ४८ दसमलव ४२ अंकले बढेर २९ सय २६ दसमलव २८ अंकमा चढेकोमा जलबिद्युत, जीवन बीमा, लघुबित्त, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक र अन्य समुहहरुको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मिथिला लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा समृद्धि फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नागरिक लगानी कोष परेको छ ।