शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपालका ओपनर कुशल भुर्तेलको विश्व कीर्तिमान

मंगलबार, बैशाख ७ २०७८

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि कुशलले अर्धशतक बनाएका हुन् ।

कुशलले ४१ बलमा अर्धशतक बनाएका हुन् । 

कुशलले लगातार तेस्रो खेलमा अर्धशतक बनाएका हुन् ।

यससँगै कुशलले डेब्यु खेलपछि लगातार तीन टी–ट्वान्टी अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् ।

डेब्यु खेलपछि कुशलले लगातार तीन खेलमा अर्धशतक बनाएका हुन् ।

कुशलले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा ६२ रन बनाएका थिए ।

यस्तै मलेसियाविरुद्ध कुशलले अविजित रहदै ६१ रनको इनिङ्स खेलेका थिए ।